खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

प्रतिनिधिसभाको आजको बैठकमा नागरिकता सम्बन्धी विधेयक निर्णयार्थ प्रस्तुत गरिने 

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक दिउँसो १ः०० बजे संसद् भवन बानेश्वरमा बस्दै छ । 

प्रतिनिधिसभाको कार्यसूची अनुसार आजको बैठकमा दुई वटा विधेयक निर्णयार्थ पेस गरिने छ । आज निर्णयार्थ पेस गरिने विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधेयक–२०७६ र नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ रहेको छ । 

गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । 

आजको बैठकमा नै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । 

 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : ५८ बजे