खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

जनार्दन शर्मा प्रकरण : आज पनि छानबिन समितिको बैठक बस्दै

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै गठित संसदीय छानबिन समितिको बैठक आज पनि बस्दै छ ।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई बजेट निर्माणमा संलग्न गराएर करको दायरा हेरफेर गरेको आरोप लागेपछि संसदीय छानबिन समितिले अनुसन्धान सुरु गरेको हो ।

गत बिहीबार अर्थमन्त्री शर्मालाई समितिमा बोलाएर झन्डै ३ घण्टा सोधपुछ गरेको समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज अनुसन्धानका लागि नेपाल प्रहरीलाई पठाएको थियो ।

जेठ १४ को सिसिटिभी फुटेज माग्दा असारको दिएपछि थप शङ्कास्पद बनेको उक्त घटनाको हार्डडिस्क नै मगाएर समितिले छानबिन गरिरहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ९ : ४९ बजे