दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कृत 

रूपन्देही । रुपन्देहीमा चार वर्षीया बालिका बलात्कृत भएकी छन् । 

ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाललाई गएराति पक्राउ गरेको छ ।  

भुसालले ती बालिकालाई आफ्नै घरमा बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  १२ : २४ बजे