खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

अबको तीन दिन यी जिल्लामा छ बाढीको खतरा 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका केही नदी र खोला वरपर आगामी दिनसम्म आकस्मिक बाढी आउने सम्भावना रहेको जनाउँदै वरपरका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ । 

महाशाखाले आगामी तीन दिनसम्म दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, पर्सा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डडेलधुरा आसपास भई बहने नदी तथा खोलाहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुनसक्ने जनाएको छ । 

''उक्त जिल्ला भई बहने स–साना नदीहरूका तटीय क्षेत्रमा सतर्कता अपनाऔँ'', महाशाखाले विज्ञप्तिमा भनेको छ । 

आगामी तीन दिनसम्म प्रमुख नदीहरू कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सामान्य बढ्ने र सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान महाशाखाले गरेको छ । 

 

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ९ : ३८ बजे