खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

सत्ता गठबन्धनप्रति गोकुल बास्कोटाको कटाक्ष : देउवा थामिन नचाहने,  सुप्रिमो डामिन नचाहने

​​​​​​​काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री गोकुलप्रसाद बास्कोटाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई लिएर सत्तारुढ गठबन्धनप्रति कटाक्ष गर्नुभएको छ । 

सरकारले एसपीपीमा नेपाल सहभागी नहुने निर्णय गरे पनि सो जानकारी सम्बन्धी पत्र अमेरिकालाई नपठाएपछि उहाँले सत्तारुढ गठबन्धनप्रति कटाक्ष गर्नुभएको हो । 

“गाह्रो छ ओ ! गठबन्धनलाई पनि । बाह्र बुँदे व्याख्याले टारेका थिए । अब बार सत्ताइस व्याख्याताको जोहो नगरी धर नपाउने जस्तो छ”, उहाँले सामाजिक सञ्जाल ट्विटरमा आज लेख्नुभएको छ, “एसपीपीको नयाँ रूपको व्याख्याका लागि । देउवा थामिन नचाहने, सुप्रिमो डामिन नचाहने । तर लास्टा उही हो!'' 

​​​​​​​

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहिबार  ९ : २५ बजे