विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सुझाव सङ्कलन भइरहेको छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अनलाइन भोटिङ सिस्टम प्रयोग गर्न सकिने बताउनुभएको छ ।

गैर आवासीय नेपाली सङ्घका प्रतिनिधिमण्डलसहित गैर आवासीय नेपाली सङ्घका प्राविधिक समूहसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले सर्वोच्च अदालतको परमादेशले विदेशमा बसेका नेपालीले पनि मतदान गर्न पाउने पर्ने अधिकारको सुनिश्चितता गरेको स्मरण गराउनुभयो ।

उहाँले आयोगले पनि विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न र अझै व्यवस्थित बनाउन सुझाव सङ्कलन गरिएको बताउनुभयो ।

एनआरएनएका अध्यक्ष बद्री केसीले एनआरएनए चुनावका लागि बनाएको एप्स निर्वाचन आयोगले पनि प्रयोग गर्न सक्ने बताउनुभयो ।

 

 

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : ३६ बजे