‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

दिल्लीको असफल भ्रमण र दाहालको प्रधानमन्त्री बन्ने ‘प्लान टु’

दिल्ली भ्रमण देखाएर देउवालाई दबाबमा डाल्ने योजना सफल हुन नसकेपछि दाहाल यत्तिखेर प्रधानमन्त्री बन्न समाजवादी केन्द्र निर्माणको बहस चलाइरहेका छन् । ​​​​​​​

काठमाडौँ  । भर्खरै दिल्ली दौडाहा गरेर नेपाल फर्किनुभएका पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज (मंगलबार) सिंहदरबारमा तीन दलीय छलफल राख्नुभयो । 

नेकपा माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको छलफलमा अध्यक्ष दाहालले समाजवादी केन्द्र निर्माणको छलफल चलाएका हुन् । आजै दाहालले  जसपाबाट अलगिदै गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइलाईसमेत भेट्नुभयो ।

 दाहालका यी दौडहरुको  हतारो आउँदै गरेको सङ्घीय निर्वाचन र सत्ता गठबन्धनमा भएको सहमति कार्यान्वयन नहुनु नै हो । 

प्रचण्डले चलाएको समाजवादी केन्द्र निर्माणको बहसले नेपाली राजनीति कत्तिको गरमागरम हुने हो हेर्न बाँकी रहेपनि खासमा प्रचण्ड यत्तिखेर जसरी भएपनि चुनावी सरकारको नेतृत्व लिनका लागि हौसिरहेको स्पष्ट हुन्छ  । 

अदालतको परमादेशपछि देउवालाई प्रधानमन्त्री बनाउने बेलैमा चलेको हल्ला हो ‘आलोपालो’ सरकार । त्यत्तिखेर आँधा समय काग्रेंस र आँधा समय माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने सहमति भएको बजार हल्ला आएकै हो । 

काग्रेंस सभापति देउवाबाट  चुनावी सरकारको नेतृत्व आफूले पाउने आश्वासन पाएका दाहाललाई यत्तिखेर देउवा सत्ता छोड्न तयार देखिँदैनन् । 

सम्झौताअनुसार आफू प्रधानमन्त्री बन्ने पालो आयो भनेर खुट्टा उचालिरहेका दाहाललाई कबोल गरे अनुसार सत्ता सुम्पिन देउवा तयार देखिँदैनन् । 

प्रधानमन्त्री आफूले नपाउने भएसँगै दाहाल हतार हतार दिल्ली हानिए। खासमा प्रचण्ड हालै मात्र चिनीँया नेताहरूको भएको नेपाल भ्रमण लगत्तै भारत पुग्दा आफूलाई भारतले राम्रै महत्त्व दिने मनोविज्ञानमा थिए ।

चिनियाँहरूको नेपाल भ्रमणकाबारेमा भारतीयहरूले राम्रै चासो राख्न सक्ने र त्यही बहानामा प्रचण्ड आफूलाई भारतले दिएको स्वागत सत्कारलाई देखाएर काठमाडौँमा देउवालाई दबाब दिने दाउँमा थिए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई भेटसमेत नदिनु र सरकार परिवर्तनका लागि भारतीय संस्थापन पक्षहरूबाट कुनै सिग्नल नमिलेपछि दाहाल देउवालाई दबाब डाल्न घरेलु शक्तिकेन्द्रलाई नयाँ समीकरणमा लैजान सक्ने सम्भावना हेर्दैछन्  । 

समाजवादी केन्द्र निर्माणबारेको वर्तमान छलफल  पनि त्यही पेरीफेरीको बहस हो । दाहालले जसपाबाट बाहिरन लागेका भट्टराई, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियान पार्टीका संयोजक वामदेव गौतमलाई भेटेर देउवालाई स्पष्टरुपमा सरकार नछोडे नयाँ समीकरण बनाएर जानसक्ने सङ्केत गरेका हुन् । 

अब पनि देउवा साइजमा आएनन् भने आफू गठबन्धन तोड्न र नयाँ सरकारको लागि नयाँ बाटो हिँड्न सक्ने सङ्केत दाहालले देउवालाई दिएका हुन्  । 

चुनावी सरकार आफूले पाउनु पर्ने अडानमा रहेका दाहाल यदि देउवा त्यस्मा तयार नभए वर्तमान गठबन्धन भत्काउनसमेत हिचकिचाउने छैनन् । 

काग्रेंससँग निर्वाचनमा जाँदा आफ्नो भागमा खासै राम्रै सिट  पनि नपर्ने र सहमती अनुसार देउवाले प्रधानमन्त्री पनि नछोड्ने हाे भने चिसै पानीले नुहाउनु भन्दा बाम गठबन्धन गरेर भएपिन सत्तामा जाने मुडमा देखिँदै छन् । 

माओवादी केन्द्रको हालै सम्पन्न केन्द्रीय समितिको बैठकबाटै दाहालले समाजवादी केन्द्र निर्माण गर्नेदेखि नयाँ वामपन्थी गठबन्धन बन्नाउनु पर्ने सङ्केत त यस अघि नै दिइसेकाका हुन् ।

त्यसैले दिल्लीको दया नपाएका दाहाल यत्तिखेर पुनः समाजवादी केन्द्र निर्माणको वहश चलाई चुनावी सरकारको नेतृत्व गर्ने हतारोमै देखिन्छन् । 

 

 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  ५ : ५० बजे