‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

माओवादीबाट निर्वाचित जनप्रतिनिधिबाट बर्दिवास नगर कार्यापालिका बैठक बहिष्कार

बर्दिबास । विधि–विधानअनुसार बर्दिबास नगर कार्यापालिका बैठक सञ्चालन नभएको भन्दै माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिष्कार गरेका छन् । बैठक स्थानीय सरकार सञ्चालन ऐन तथा कार्यविधिअनुसार नभएका कारण बहिष्कार गर्नु परेको वडाध्यक्ष तथा कार्यापालिका सदस्यहरूको भनाइ छ ।

‘बैठकलाई व्यवस्थित र कार्यविधिमा रहेर सञ्चालन गर्न अनुरोध गर्यौ तर उहाँहरूले नमानेपछि हामी बैठकबाट निस्क्यौ’,वडाध्यक्ष सम्सेर सिंहले भन्नुभयो । बैठकमा भएका निर्णय सकेसम्म सर्वसम्मत गर्नुपर्ने नत्र ५१ प्रतिशत बहुमत पुर्‍याएर पारित गर्नुपर्ने कार्यविधि भए पनि नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले जबर्जस्ती गर्न खोजेको जनप्रतिनिधिहरूको आरोप छ ।

प्रमुख प्रशासकीय अधिकृतले पहिल्यै माइनट तयार गरेर हस्ताक्षर गराउने र निर्णयहरू सर्वसम्मत भएको भन्दै सार्वजनिक गर्ने परिपाटीले जनतामा नराम्रो छाप परिरहेको बताउँदै बैठकलाई व्यवस्थित नबनाए बहिष्कार जारी रहने उहाँहरूको भनाइ छ । नेपाली काङ्ग्रेसबाट बागी उम्मेदवार दिएर निर्वाचित हुनुभएका नगरप्रमुख प्रल्हाद क्षेत्रीकै अहिले कार्यपालिकामा बहुमत छ । 

 

प्रकाशित मिति : ३ श्रावण २०७९, मंगलबार  १ : १५ बजे