आन्दोलनरत कर्मचारीहरूद्वारा गाउँपालिकामा तालाबन्दी

सुर्खेत – २०७४ सालमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले आफू खुशी कर्मचारी नियुक्त गरेको भन्दै करार कर्मचारीहरुले आज कार्यालयमा तालाबन्दी गरेका छन् ।

आन्दोलनरत कर्मचारीहरूले करार सम्झौताको म्याद थप हुनुपर्ने माग राख्दै गाउँपालिकामा तालाबन्दी गरेका हुन् । करारका कर्मचारीलाई हटाउने निर्णय सच्याउनुपर्ने माग राख्दै करारका कर्मचारीहरुले  आन्दोलन थालेका हुन् ।

असार ३० गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाबाट तलबभत्ता भुक्तानी हुने करारमा कार्यरत कर्मचारीहरूको करार सम्झौता साउन १ गतेबाट नवीकरण नहुने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ६ : ०५ बजे