साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

विष्णुमती र धोबीखोला जलाधारमा भारी वर्षा, सतर्क रहन विभागको आग्रह

काठमाडौँ। सरकारले काठमाडौँको विष्णुमती, धोबीखोला जलाधारमा भारी वर्षा भएको भन्दै तटीय क्षेत्रमा बस्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले एक विज्ञप्ति जारी गर्दै तटीय क्षेत्रमा बस्ने नागरिकका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको हो 

‘काठमाडौँको विष्णुमती र धोबीखोलामा जलाधारमा भारी वर्षा भएको छ।आज साँझसम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ ।’ विज्ञप्तिमा भनिएको छ । 

विष्णुमती गंगबु बसपार्क बाढी मापन केन्द्रमा जल सतह करिब १.५ मिलिमिटरले रहेको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ५ : ५९ बजे