दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

साफ खेल्ने यू-२० टिम घोषणा

काठमाडौं । साफ यू-२० पुरुष च्याम्पियनसिप फुटबल खेल्ने नेपाली टिम घोषणा भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले भारतमा आयोजना हुने साफका लागि २३ सदस्यीय टिम घोषणा गरेका हुन् । 

जुन टिममा नेपाली राष्ट्रिय  टिमबाट खेलिसकेका आयुष घलानसमेत छन् । यस्तै, डेनमार्कबाट नेपाल खेल्न आइपुगेका सुगम सुवालले समेत स्थान बनाएका छन् । मुख्य प्रशिक्षक केसीले केही दिनमै कप्तानको समेत घोषणा हुने जानकारी गराए । ‘अहिले हामीले कप्तान घोषणा गरेका छैनौं । केही दिनपछि तय गर्नेछौं,’ न्युज कारखानासँग केसीले भने । 

साफमा नेपालसहित आयोजक भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता छ । नेपालले पहिलो खेलमा माल्दिभ्सको सामना गर्नेछ । प्रतियोगिताको शीर्ष दुई टिमले सिधै उपाधिका  लागि प्रसिस्पर्धा गर्नेछन् । 

नेपाली टोली :
गोलकिपर : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख

डिफेन्डर  : अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा 

मिडफिल्डर : दिपेश गुरुङ, आशिष राई, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिश रत्न छिन्जु, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान

फरवार्ड  : दिपेश राई, निरञ्जन मल्ल, रोहन खड्गी 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १२ : ५८ बजे