दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

पाल्पामा यसरी लुटियो सडक ठेकेदारको २० लाख रुपैयाँ

पाल्पा । पाल्पाका सडक ठेकदार सुमन पन्थको २० लाख रुपैयाँ गएराति लुटपाट भएको छ । 

पन्थ तानसेन नगरपालिका–५ ढुङ्गाखानीस्थित सडकबाट पुर्वखोला गाउँपालिकास्थित निर्माणाधिन पूर्वखोला पहुँच मार्ग र गुल्मी जिल्लाको स्यालबिसौना–थोर्गा–पानीट्याङ्की सडकका ठेकेदार हुनुहुन्छ । 

प्रहरीका अनुसार पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको प्र।३ ०१–०२४ च ९१४३ नम्बरको कारमा सवार पन्थ सहित तीन जना तानसेन नगरपालिका–५ ढुंगाखानी नजिकै कार रोकी पिसाब फेर्न झर्नुभएको थियो । 

सोहीबेला पन्थसहित दुई जनालाई अन्दाजी ७÷८ जना अपरिचित ब्यक्तिहरुले हेल्मेटले कुटपिट गरी साथमा रहेको उक्त नगद तथा कारको चावी समेत लुटी फरार भएका थिए । 

कुटपिटबाट घाइते भएका पन्थ सहित दुई जनालाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको छ । 

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १२ : ३७ बजे