खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

आगामी निर्वाचनका लागि एमालेको प्रादेशिक प्रशिक्षण सुरु

काठमाडौँ । नेकपा एमालेले प्रादेशिक प्रशिक्षण सुरु गरेको छ ।

आजबाट आज प्रदेश नं १ र मधेस प्रदेशमा प्रशिक्षण सुरु भएका छन् । प्रदेश नं १ को प्रशिक्षणका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र मधेसका लागि उपाध्यक्ष सुरेन्द्र पाण्डे विराटनगर र जनकपुर पुग्नु भएको छ ।

प्रशिक्षणमा स्थानीय तहको निर्वाचनबाट सिर्जित मनोविज्ञानबाट कार्यकर्तालाई बाहिर ल्याइ आगामी चुनौतीलाई सहज रूपमा सामना गर्न सक्ने बनाउने विषयमा जानकारी गराइने छ । यसै गरी स्थानीय निर्वाचनको परिणाम विश्लेषण,यसको सन्देश र आगामी निर्वाचनको तयारीका बारेमा पनि प्रशिक्षण दिइने नेताहरूले जनाएका छन् । एमाले प्रदेश १ का सचिव चिन्तन पाठकका अनुसार वर्तमान राजनीतिक शक्ति सन्तुलन,पार्टीको सामर्थ्य विस्तार र नेकपा एमालेको भूमिका वृद्धिका विषयमा पनि पार्टी नेताहरूले कार्यकर्तालाई प्रशिक्षित गर्नुहुनेछ ।

पार्टी र जनप्रतिनिधिको सम्बन्ध,समन्वय र स्थानीय तहबाटै समाजवादको आधार निर्माण गर्ने विषयमा पनि प्रशिक्षण दिइने पाठकले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १२ : १२ बजे