खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

‘जेठ महिनाको सिसिटिभी फुटेज डिलिट भयो भनेर समितिलाई दिइएको छैन’

काठमाडौँ । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा गठित संसदीय छानबिन समितिलाई अर्थ मन्त्रालयले जेठ महिनाको सिसिटिभी फुटेज दिन आनाकानी गरेको छ ।

संसदीय समितिले पटक पटक जेठ महिनाको सिसिटिभी फुटेजका लागि ताकेता गर्दा पनि मन्त्रालयले सिसिटिभी फुटेज दिन आनाकानी गरे पछि पुनः ताकेता गरिएको छ ।

“जेठ महिनाको सिसिटिभी फुटेज मागेका थियौँ तर उहाँहरूले असार महिनाको दिनुभयो”, समिति सदस्य सरला यादवले भन्नुभयो, “जेठ महिनाको सिसिटिभी फुटेज डिलिट भयो भनेर समितिलाई अझैँ दिइएको छैन, हामीले पुनः पत्र पठाएर माग जेठको सिसिटिभी फुटेज माग गरेका छौँ ।” उहाँका अनुसार जेठ महिनाको सिसिटिभी फुटेज दिनका लागि अर्थ मन्त्रालयका सचिवदेखि कर्मचारीले आनाकानी गरिरहेका छन् ।

त्यसो त सिसिटिभी फुटेज दिन आनाकानी गरे पनि समितिमा बयान दिन आएका सचिव, सहसचिवहरूले १४ जेठको बजेट निर्माण क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयलाई निरन्तर अस्वीकार गर्दै आएका छन् ।

“सिसिटिभी फुटेज नदिए पनि हामीले लिएको बयानमा उहाँहरूले अनधिकृत व्यक्ति आएको विषयलाई नकार्दै आउनु भएको छ”,  सांसद यादवले भन्नुभयो, “सिसिटिभी फुटेज नै नभएपछि अनुसन्धान गर्न समितिलाई अप्ठ्यारो परिरहेको छ ।”, उहाँका अनुसार समितिले सो बारेमा आवश्यक निर्णय लिनका लागि आज पनि छलफल गर्नेछ ।

 

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १० : २५ बजे