मनसुन क्रमशः क्षीण हुँदै

नारायणकाजीको प्रस्तावः वामपन्थी शक्तिबीच तालमेल गरौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वमपन्थी शक्तिहरुबीच तालमेलको प्रस्ताव गर्नुभएको छ । 

काठमाडौंमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्नुहुँदै श्रेष्ठले वमपन्थी शक्तिहरुबीच विभाजन हुँदा मुलुकको राष्ट्रियता कमजोर भएको भन्दै वामपन्थी शक्तिबीच तालमेलको प्रस्ताव गर्नुभएको हो । 

‘बामपन्थी शक्तिहरु दुई तिहाईमा छन् तर अहिले एकअर्कालाई सिध्याउने तल पार्ने कार्यमा लागिरहेका छन्, तुम शेर तो हम सवाशेर भन्ने प्रतिस्पर्धा अझै छ,’ श्रेष्ठले भन्नुभयो, ‘तर यस्तो प्रवृतिले मुलुकको राष्ट्रियता र सार्वभौमसत्तालाई जोगाउन सक्दैन, बामपन्थी शक्तिहरु एक हुनुपर्छ, बामपन्थीहरुबीच तालमेल र मोर्चा गर्न जरुरी छ ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० विभाजन गरेकोमा आत्माआलोचना गर्दै श्रेष्ठले भन्नुभयो, म बामपन्थी शक्तिहरु बिचको तालमेलका लागि आग्रह गर्दछु ।’

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ५ : १२ बजे