‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

शिवराज नगरपालिकामा तरकारी सङ्कलन केन्द्र सञ्चालनमा

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकामा तरकारी सङ्कलन केन्द्र सञ्चालनमा आएको छ । नगरपालिका–३ मा शिवराज कृषि सहकारी संस्थाले सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको हो ।

शिवराज नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको उक्त सङ्कलन केन्द्रको आज उद्घाटन गर्दै नगर उपप्रमुख शिवकुमारी थारूले किसानले उत्पादन गर्ने तरकारीलाई बजारीकरण गर्न सङ्कलन केन्द्रले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले किसानका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको भए पनि तरकारी सङ्कलन केन्द्रले किसान प्रत्यक्ष राहत पुग्ने उहाँले बताउनुभयो । 

तरकारी सङ्कलन केन्द्र स्थापना गर्न ट्रस निर्माणका लागि नगरपालिकाको रु पाँच लाख ८८ हजार र रु ६५ हजार बराबरको श्रमदान गरिएको उपप्रमुख थारूले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ४ : ५२ बजे