मनसुन क्रमशः क्षीण हुँदै

काँग्रेस केन्द्रीय समिति बैठकमा आजबाट पदाधिकारीले धारणा राख्ने

काठमाडौँ ।  नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको जारी बैठकमा आजबाट पदाधिकारीले आ–आफ्नो धारणा राख्ने भएका छन् ।

यस अघिको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिसकेको पछि उनीहरूले उठाएका प्रश्नको जवाफसहित पदाधिकारीले आ–आफ्नो धारणा राख्नुहुने कार्यसूची रहेको काँग्रेसले जनाएको छ । 

बैठक अपराह्न १ बजे बस्दै छ । जारी बैठकमा सङ्घीय संसद्को निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले लोकप्रिय हुनका लागि पार्टी नेतृत्वको आलोचना गरेर ‘मिडिया स्टन्ट’ गरेको, बागी उम्मेदवारलाई कारबाही गर्ने कि नगर्ने, अन्य पार्टीका चुनाव चिन्हमा मतदान गर्न लगाएर पार्टीको पहिचानमा समस्या पारेको लगायत विषयमा केन्द्रीय सदस्यहरूले धारणा राख्नुभएको थियो ।

आजको बैठकमा सभापति, उपसभापति, महामन्त्री र सह–महामन्त्री गरी १४ जना पदाधिकारीले सो बारेमा आफ्नो धारणा राख्नुहुने छ ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  १० : ३३ बजे