मनसुन क्रमशः क्षीण हुँदै

उपेन्द्र पक्षले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेको डा. बाबुराम भट्टराईको आरोप 

​​​​​​​काठमाडौँ । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आफूहरूको सामु पार्टी पुनर्गठनको विकल्प नरहेको बताउनुभएको छ । 

एक विज्ञप्ति जारी गर्दै सङ्घीय परिषद् अध्यक्ष डा.भट्टराईले पार्टी नेताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्नुभएको छ ।  

उहाँले उपेन्द्र यादव पक्षले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर स्वेच्छाचारी ढङ्गबाट अवैधानिक अराजनीतिक र अनैतिक रूपमा आफूलगायत केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणाको घोर भर्त्सना गर्दै कारबाहीको निर्णयको खारेजी गरेको जनाउनुभएको छ । 

आफ्नो अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको उहाँले दाबी गर्नुभएको छ । 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ८ : ०५ बजे