मनसुन क्रमशः क्षीण हुँदै

एमसीसीबारे अमेरिकाले दुष्प्रचार गर्यो, नेपालको सार्वभौमिकता रक्षाका लागि सघाउँछौं : चीन

काठमाडौं । अमेरिकाका प्रस्तावित राजदूत  डिन थम्पसनले एमसीसीबारे आफ्नो देशलाई जोडेर दिएको भनिएको अभिव्यक्तिको नेपालस्थिति चिनियाँ दूतावासले निन्दा गरेको छ ।

दूतावासले  प्रस्तावित राजदूत डिन थम्पसनको भनाइलाई चीनले नोटमा लिएको बताएको छ । दुतावासका प्रवक्ताले भन्नुभएको छ , ‘हामीले थम्पसनको अभिव्यक्तिलाई नोटमा लिएका छों । यो सबैलाई थाहा छ कि एमसीसी कम्प्याक्टको विषयमा नेपालमा तातो बहस भएको थियो । नेपालको संसदले व्याख्यात्मक घोषणामार्फत एमसीसी पास गरेको छ, जुन घोषणामा कम्प्याक्ट भन्दा एमसीसी माथि रहने उल्लेख छ । नेपाल अमेरिकाको कुनै पनि सैन्य रणनीतिको अंग नहुने पनि स्पष्ट पारिएको छ । यो नेपाली सरकार र जनताले उनीहरुको सार्वभौमिकता र स्वतन्त्रताको रक्षाका निम्ति लिएको वैध कदम हो । अमेरिकी पक्षबाट आएको प्रतिक्रिया विलकुल आधारहिन छ । यसले चीनलाई मात्र आरोपित गरेको छैन, नेपाल र नेपाली जनतालाई पनि अपमानित गरेको छ । यो उस्को वास्तविक दुष्प्रचार हो । चीन यसलाई दृढतापूर्वक अस्वीकार गर्छ ।’

निकट छिमेकी र विकास साझेदारका रुपमा चीनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता र राष्ट्रिय हितको रक्षामा निरन्तर सघाउने तथा नेपाली जनतालाई उनीहरुको आफ्नो विकासको मार्ग स्वतन्त्रतापूर्वक पहिल्याउनु सहयोग गर्ने पनि प्रवक्ताले बताउनुभयो ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ५ : ५९ बजे