मनसुन क्रमशः क्षीण हुँदै

स्वास्थ्य बीमा ऐन,२०७४ लाई नियोजित रूपमा निस्तेज पार्न खोजियो : एमाले 

काठमाडौँ । नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारले गएको एक वर्षमा स्वास्थ्य बीमा ऐन,२०७४ लाई नियोजित रूपमा निस्तेज पार्न खोजेको आरोप लगाएको छ । 

शुक्रबार एमाले पार्टी कार्यलय च्यासलमा पत्रकार सम्मेलन गर्नुहुँदै एमाले स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेशकुमार भट्टराईले सरकारको एक वर्ष खेर गएको टिप्पणी गर्नुभयो । 

उहाँले निजामती, सुरक्षा अंग र शैक्षिक क्षेत्र लगायत सबै औपचारिक क्षेत्रलाई बीमाको दायरामा ल्याउने बीमा ऐन, २०७४ को अवधारणा कार्यान्वयनमा सरकार असफल भएको बताउनुभयो । 
 

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  २ : ३४ बजे