साफ यू–१७ च्याम्पियनसिप आजदेखि

राजनीतिसँगै साङ्गीतिक यात्रामा अनेमसङ्घकी जमुना पोखरेल

महोत्तरी । आउँछु भनी ढाँट्यौ मलाई किन छाडी गयौ मलाई’ प्रेम वियोगले तड्पिएका प्रेमीहरूलाई यो गीत सुनिसकेपछि केही क्षण भए पनि राहत महसुस गर्छन् । जमुना पोखरेलको शब्द, हरिशरण सायमीको संगीत र जमुना पोखरेलकै लयमा गाइएको यस गीतले प्रेममा विछोडिएकाले आफ्नै भावना पोखिएको महसुस गर्छन् । 

गायिका पोखरेलले नवयुवाको मनोभावनालाई बुझेर यो गीत पस्किएको बताउनुभयो।  नेकपा एमालेनिकट अखिल नेपाल महिला संघकी  केन्द्रीय सदस्य पोखरेलले सांगीतिक यात्रामा पनि हुनुहुन्छ । उहाँका तीनवटा गीत सार्वजनिक भएका छन् । 

हरितालिका तीजको रमझम नजिकिँदै गर्दा सन्देशसहितको गीत पनि पोखरेलले सार्वजनिक गर्नुभएको छ । समय र समाजसापेक्ष आफू पनि परिमार्जित हुनुपर्छ भन्ने मान्यता राख्ने पोखरेलले यसभन्दा अगाडि नै एउटा आधुनिक गीत लिएर आउनुभयो । ं

किशोरहरूलाई लक्षित गरेर यसअघि निकालिएको आधुनिक गीतले खासै मन छुन नसके पनि ‘आउँछु भनी ढाँट्यौ मलाई  किन छाडी गयौ मलाई’ भन्ने आधुनिक गीतले भने यतिबेला निकै चर्चा बटुलेको छ ।

चार दिनको फरकमा सार्वजनिक तीज गीत र आधुनिक गीत आपसी प्रतिस्पर्धामा छन् । सधैँभरी जिवन्त बनिरहने सदाबहार गीत पस्किनुभएकी पोखरेलको सांगीतिक यात्रा फराकिलो बन्दै गएको छ ।  

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ११ : ४८ बजे