काठमाडौँ । उपसभामुख निर्वाचनलगायत विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकले गठबन्धनको तर्फबाट उपसभामुखकी उम्मेदवार बन्नुभएकी पुष्पा भुसालको पक्षमा मत जुटाउने विषयमा छलफल भइरहेको छ ।
बैठकमा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेता सहभागी हुनुहुन्छ ।
आज दिउँसो ३ः०० बजे बस्ने संसद् बैठकमा उपसभामुख चयनका लागि मतदान प्रक्रिया सुरु गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार ११ : ४१ बजे
प्रतिक्रिया