मनसुन क्रमशः क्षीण हुँदै

चिनियाँ कम्युनिष्ट पार्टीको टोली एमाले चाँगुनारायण नगर कमिटीको कार्यालयमा (फोटोफिचर)

काठमाडौँ ।  चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को विदेश विभाग प्रमुख लिउ जियान्चाओसँग नेपाल भ्रमणमा रहेको चिनियाँ टोली आज नेकपा एमाले चाँगुनारायण नगर कमिटीको कार्यालयमा पुगेको छ । 

चिनियाँ टोलीका चार सदस्यले एमालेको चाँगुनारायण  नगर कमिटीको कार्यालयमा भ्रमण गरेका हुन् । टोलीलाई एमाले भक्तपुरका जिल्ला अध्यक्ष बचन देउजा लगायतका नेताहरूले  चिनियाँ टोलीलाई स्वागत गर्नुभयो ।  

नेकपा एमाले चाँगुनारायण नगर कमिटीको कार्यालयमा पुगेको उक्त  चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले आज एमाले भक्तपुरका अध्यक्ष देउजासहितका नेताहरूसँग भेटघाट गरेको छ । 

 

 

​​​​​​​

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ११ : २२ बजे