मनसुन क्रमशः क्षीण हुँदै

भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा जुम्लामा एकै घरका तीन जनाको मृत्यु 

जुम्ला  । जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा अवस्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ। 

राति करिब साढे २ बजे आयोजनाको पावर हाउस भासिँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पावर हाउसका अपरेटर गोर्ख बहादुर रावतको श्रीमती ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन् । उनीहरुको  घटनास्थलमा नै मृत्यु भएको हो ।

प्रहरी चौकी बड्किका अनुसार राति बत्ती किन गयो भनेर हेर्न जाँदा एकासी घर भासिएको थियो । उनीहरु तीनै जना आयोजनाको पावर हाउसभित्र सुतिरहेका थिए ।

 

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ८ : ०० बजे