मनसुन क्रमशः क्षीण हुँदै

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज भारत जाँदै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ । 

उहाँ भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा तीन दिने भ्रमणमा जान लाग्नुभएको हो । माओवादी नेता देव गुरुङका अनुसार भाजपा नेतृत्वसँग सद्भावना आदान–प्रदानका सन्दर्भमा प्रचण्ड भारत जान लाग्नुभएको हो ।

प्रचण्ड आज दिउँसो १ बजे भारतको राजधानी नयाँ दिल्ली प्रस्थान हुने कार्यक्रम छ । दिल्लीमा रहँदा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । 

 

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ७ : २७ बजे