काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलेआज १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्ने हुनुभएको छ ।
सबै संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका दरले सडक शिलान्यास गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारबाट आज बिहान ११ः०० बजे शिलान्यास गर्ने कार्यक्रम छ ।
‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ नाम दिइएका यी सडक प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिस गर्नुभएको छ । निश्चित क्राइटेरियाका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदज्यूहरुले सिफारिस गरेका सडकहरु छनौट भएका छन् ।
प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार ७ : ०४ बजे
प्रतिक्रिया