मनसुन क्रमशः क्षीण हुँदै

अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न नेतृत्वलाई आग्रह 

जनकपुरधाम  । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न नेतृत्वलाई आग्रह गर्नुभएको छ  । 

जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचन फरक रहेकोले दूरगामी सोचका साथ गठबन्धन गर्नुपर्ने बताउनुभयो। 

अधिकांश काँग्रेसी गठबन्धनको पक्षमा नरहेको दाबी गर्दै उहाँले भन्नुभयो, “मधेसका जिल्लाका सभापतिहरू समेत गठबन्धनको पक्षमा छैनन् । तर गठबन्धन नै गर्नुपर्ने अवस्था आए भने न्यूनतम सिट दिएर मात्रै गठबन्धन गर्नुपर्छ ।”

उहाँले गठबन्धनका न्यूनतम मापदण्ड पूरा गरेर काँग्रेसले अगाडि बढ्नुपर्ने बताउनुभयो।

कोइरालाले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाले मुलुकको राजनीतिमा गडबडी ल्याएको बताए । यस्तो संवेदनशील घटनामा अर्थमन्त्रीको राजीनामा मात्रै पर्याप्त हुन नसक्ने उनले जिकिर गरे ।

प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार  ७ : ०६ बजे