आज वर्षाको सम्भावना

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

साँफे–मार्तडी राजमार्ग अवरुद्ध

बाजुरा । लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । 

वर्षाका कारण राजमार्गको ठाउँ ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो । 

अम्कोटको पहिरोले थप समस्या भएको छ । तलबाट सडक भासिएको  छ भने माथिबाट ढुङ्गा खस्न थालेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो । राजमार्गको बार्जुगाड, अम्कोट, तपाडा, पानी नाउला, ओलेनालगायत ठाउँमा वर्षाका कारण पहिरो आउने क्रम जारी छ । 

पहिरो पन्छ्याउनका लागि नेपाल प्रहरीको टोली खटाएको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । हरेक वर्ष वर्षाका कारण सडक अवरुद्ध हुँदा स्थानीयलाई आवतजावत गर्न समस्या भएको छ । वैकल्पिक सडक नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । 

सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि हुँदै गएको छ । रासस

 

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ८ : १८ बजे