मनसुन क्रमशः क्षीण हुँदै

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु भएको हो ।

आजको बैठकमा काँग्रेसतर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ । सरकारको आलोचना भएपछि बिहीबारको बैठकमा काँग्रेसको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको हो ।  

सरकारको काम कारबाहीका बारेमा केन्द्रीय सदस्यहरूले प्रश्न उठाएपछि मन्त्रीहरूले जवाफ दिने कार्यक्रम राखिएको प्रवक्ता प्रकाश शरण महतले बताउनुभयो । 

प्रकाशित मिति : ३० असार २०७९, बिहिबार  ७ : २० बजे