‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रधानमन्त्रीले भोलि १ सय ६५ वटा सडक शिलान्यास गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शनिबार १ सय ६५ वटा सडकको एकै पटक शिलान्यास गर्ने हुनुभएको छ ।

सबै संघीय निर्वाचन क्षेत्रमा एक एक वटाका दरले सडक शिलान्यास गर्न लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारी निवास बालुवाटारबाट बिहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम छ । ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ नाम दिइएका यी सडक प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिस गर्नुभएको छ । निश्चित क्राइटेरियाका आधारमा सबै प्रत्यक्ष निर्वाचित सांसदज्यूहरुले सिफारिस गरेका सडकहरु छनौट भएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ८ : ४० बजे