मनसुन क्रमशः क्षीण हुँदै

तेल दिन नसक्ने अवस्थामा सरकार, फेरी हप्तामा दुई दिन विदा दिने तयारी !

काठमाडौं । दुई दिन विदा दिने निर्णय गरेर पछि हटेको सरकारले फेरि दुई दिने विदा दिने तयारी गरेको छ । 

पेट्रोलियम पदार्थको खपत नघटाउने हो भने बजारमा पेट्रोल दिन नसकिने अवस्था आउने भन्दै उस्ले यस्तो प्रस्ताव गरेको हो ।
मन्त्रालयका एक कर्मचारीका अनुसार यो पटक सरकारले आलोपालोमा कर्मचारीलाई विदा दिँदै छ ।  

मन्त्रालयले आलोपालो विदा मिलाएर कार्यालय ६ दिन नै सञ्चालन गर्ने गरी   प्रस्ताव मन्त्रिपरिषदमा पठाइसकेको स्रोत बताउँछ ।  

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६ दिन कार्यालय सञ्चालन गरेपनि कर्मचारीलाई सातामा ५ दिन मात्रै काममा बोलाउनु पर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्तावमाथि मन्त्रीपरिषद्ले निर्णय गर्न बाँकि छ । सरकारले सम्भव भएका कामहरु घरबाटै गर्ने गरी वर्क फ्रम होमको व्यवस्था मिलाउन निजी क्षेत्रलाई समेत निर्देशन जारी गर्ने तयारी गरेको छ।

उसो त मन्त्रालयले कोरोना महामारीका क्रममा लागू भएको जोर बिजोर प्रणाली पनि लागू गर्नुपर्ने प्रस्ताव गरेको छ। 
आयाल निगमले भारतीय आयल निगमलाई ३० अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सरकारले इन्धनमा घाटा लागेको बताउँदै आएपनि सरकारी र सार्वजनिक निकायका पदाधिकारीलाई इन्धन सुविधा दिइरहेको छ । 

 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ४ : १९ बजे