आज वर्षाको सम्भावना

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी, निभाउने कार्य जारी

काठमाडौँ ।  काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ । प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले केही अघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी रहेको जानकारी दिनुभयो ।  

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ३ : ४७ बजे