दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

गोरखामा पहिरोमा पुरिएर एक जनाको मृत्यु

गोरखा । सिरान्चोक गाउँपालिका–६ गैरीगाउँ बस्ने ८० वर्षीय सुक बहादुर गुरूङको पहिरोमा पुरिएर मंगलबार साँझ मृत्यु भएको छ । 

सोही ठाउँस्थित जंगलमा सुख्खा पहिरो आई सुक बहादुर पुरिएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय जौवारी र प्रहरी चौकी नयाँसाँघुबाट खटिएको प्रहरीले उनको शव फेला पारेको हो । 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ३ : २७ बजे