दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जाजरकोटमा ७८ वर्षीया वृद्धा बलात्कृत, ६२ वर्षीय पुरुष पक्राउ 

जाजरकोट । जाजरकोटमा ७८ वर्षीया वृद्धा बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा प्रहरीले शिवालय गाउँपालिका–३ चोरकम्द बस्ने ६२ वर्षीय पुरुषलाई सोमबार पक्राउ गरेको छ । 

गत शनिबार वृद्धालाई ती पुरुषले बलात्कार गरेको प्रहरीले जनाएको छ । 

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालत जाजरकोटबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।  

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ३ : २० बजे