जनार्दन माथि छानबिन गर्न गठित समिति अर्थ मन्त्रालय जाँदै

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा बिचौलियाको प्रयोग गरेको सम्बन्धमा सत्यतथ्य छानबिन गर्न बनेको संसदीय समिति बुधबार अर्थ मन्त्रालय जाँदै छ । छानबिनसमितिले मंगलबारदेखि आफ्नो कामकारबाही सुरु गरेको थियो। 

जनार्दन शर्माले बजेट निर्माण गर्दा बिचौलियाको प्रयोग गरेको भन्दै संसदमा चर्को विरोध भएपछि त्यसबारे छानबिन गर्न संसद्ले ११ सदस्यीय संसदीय समिति गठन गरेको थियो ।  छानबिनसमिति बनेसँगै अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका थिए । 

छानबिन समितिमा प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट चार जना सहभागी हुनुहुन्छ  ।

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  २ : ४२ बजे