काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल आफ्नो विकास प्रक्रियामा छिमेकीसहित मित्रराष्ट्रहरूको साथ लिएर बढ्ने बताउनुभएको छ । नेपालको चार दिने भ्रमणको क्रममा बुधवार शिष्टाचार भेटवार्ता गर्न शीतल निवास पुग्नुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) विदेश विभाग प्रमुख लिउ चियानछाओसँग राष्ट्रपति भण्डारीले उक्त कुरा बताउनुभएको हो ।
राष्ट्रपति भण्डारीले नेपाल–चीन बिचको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्नुहुँदै सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले थप उचाइमा पुर्याएको बताउनुभएको थियो ।
राष्ट्रपतिका कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले सीसीपीका नेता लिउलाई सीको नेपाल भ्रमणपछि दुई देशको सम्बन्ध थप मजबुत भएको बताउनुभयो ।
प्रकाशित मिति : २९ असार २०७९, बुधबार १ : ४४ बजे
प्रतिक्रिया