मनसुन क्रमशः क्षीण हुँदै

पुरुषले विदेशी रोजेको श्रीमतीलाई तत्काल नागरिकता आउने, तर विदेशी ज्वाइँले नागरिकता नपाउने ? : तामाङ

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद शेरबहादुर तामाङले पुरुषले विदेशी रोजेको श्रीमतीलाई तत्काल नागरिकता आउने, तर विदेशी ज्वाइँले नागरिकता नपाउने भन्दै प्रश्न गर्नुभएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा उहाँले सरकारले प्रस्तुत गरेको नागरिकता संशोधन विधेयकमा समानताको प्रावधान नसमेटिएकाले तत्काल फिर्ता गर्न माग गर्नुभयो । 

उहाँले यस विधेयकमा समानताको प्रावधान नसमेटिएको बताउनुभयो ‘नेपालको संविधान ७२ मा आएको छ । यो विधेयक २०६३ लाई संशोधन गर्न आएको हो । तर, यसमा संविधान आएपछि प्राप्त समावेशी समानताको प्रावधान समेटिएको छैन,’उहाँले भन्नुभयो ।

नागरिकता बेलाबेला खुल्ने टेन्डर नभएको भन्दै उहाँले अघिल्लो सरकारले ल्याएको नागरिकता विधेयकले ती विषय समेटेको उल्लेख गर्नुभयो । सोही कारण अहिलेको विधेयक फिर्ता लिनुपर्ने उहाँको भनाइ छ ।

 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १ : ०० बजे