सुनसरीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु 

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–२ मा गए राती पैदल यात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । 

मृत्यु हुनेमा पैदल यात्री स्थानीय ६० वर्षीया रुकमी सरदार रहेकी छिन् । गम्भीर घाइते भएकी सरदारको उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।  

घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागी इटहरी स्थित वेदान्त अस्पताल पठाइएको छ । उनको अवस्था भने मध्यम रहेको छ । 

गए राती सवा १० बजे पैदल यात्रीलाई ठक्कर दिएर प्रदेश १–०२–०४२ प ३७१३ नम्बरको मोटरसाइकल पल्टिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  १० : ४१ बजे