‘एउटै नाउरको सिकार गर्न २३ लाख’

धन्य छौ भानुभक्त !

होला केही गुजारा भनिकन तिमिले एक जागीर  खायौ
स्रेस्ता राम्रो नराख्दा थुनिन पनि पुग्यौ घोर संकष्ट पायौ ।
जन्मायौ जेलभित्रै रघुतिलक–कथा–काव्य हे रामभक्त!
ज्यूरोमा श्लोक  नाचे जन–जन सबको धन्य छौ भानुभक्त ! 

पृथ्वीले राज्यसत्ता जितिकन बलियो देश ठूलो बनाए
नेपाली राष्ट्रभाषा–बिउ जन–जनमा भानुले पो जगाए ।
ऐले त्यो झाङ्गिएको द्रुततर न अटी देश नेपालभित्र 
देख्दैछौं फैलिएको इतर मुलुकमा भाव बोकी पवित्र ।। 

नाना छन् जाति भाषा मुलुकभर यहाँ छित्रिँदा यत्र तत्र
भाषामा रामगाथा सुनि–सुनिकन ती झन् भएछन् पवित्र ।
पढ्दा सुन्दा र गुन्दा दिलबीच सबको भाव यौटा पलायो 
हामी  हौँ एक सारा अनि प्रणयले भिन्नता त्यो गलायो ।।

(कवि पूर्वीय वाङ्मयका ज्ञाता हुनुहुन्छ ।)
 

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : ४४ बजे