दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

पहिरोको कारण लमजुङ र बाजुरामा सडक अवरुद्ध

काठमाडौँ  ।​​​​​​​ पहिरोका कारण लमजुङ र बाजुरामा सडक अवरुद्ध भएका छन् । 

बाजुराको बुढीगंगा नगरपालिका–१ अमकोटस्थित साँफे–मार्तडी सडक खण्डमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 

सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी बेस क्याम्प बल्देबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा मंगलबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 

अस्थाइ प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १ : १९ बजे