दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

आज चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं  – आज प्रदेश १,गण्डकी,लुम्बिनी र सुदुरपश्चिम प्रदेश सहित चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

दिउँसो देशका पहाडी भू(भागका केही स्थानहरुमा र बाँकी भू(भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ७ : ०० बजे