मनसुन क्रमशः क्षीण हुँदै

एमाले सचिव भट्टराईले गरे संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिन माग 

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिन सरकारसँग माग गर्नुभएको छ । 

सरकारले उक्त विधेयक राष्ट्रियसभामा पेस गरेपछि उहाँले यस्तो माग राख्नुभएको हो । 

“संविधानको अक्षर र भावना विपरीत सरकारले राष्ट्रियसभामा पेस गरेको संवैधानिक परिषद् सम्बन्धी विधेयकको विरोध गर्दछु र तत्काल फिर्ता लिन माग गर्दछु”, भट्टराईले आज सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ । उहाँले सरकारलाई संविधान अनुकूल चल्न पनि आग्रह गर्नुभएको छ  । 

“सत्तामा बस्नेहरूले आफ्नो अनुकूल संविधान भत्काउने होइन बरु संविधान अनुकूल चल्ने र संविधानको रक्षा गर्ने दायित्व हुन्छ भन्ने भुल्नु हुँदैन” सचिव भट्टराईले भन्नुभएको छ । 

 

 

 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १२ : २६ बजे