साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

थप १ सय ७९ कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोनाभाइरसका १७९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ५६५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १७९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार ६४० पुगेको छ । पछिल्लो चौबीस घण्टामा १११ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार ९६२ जना सङ्क्रमित निको भइसकेका छन् ।

मन्त्रालयका अनुसार हाल एक हजार ६४७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । दैनिक रुपमा कोरोनाभाइरस सङ्क्रमितको संख्या वृद्धि हुँदा सक्रिय सङ्क्रमितको संख्यामा समेत वृद्धि भएको छ । गत् साताको अपेक्षा सक्रिय सङ्क्रमितको संख्या करिब दोब्बर भएको छ ।

हाल एक हजार ६४७ जना आइसोलेशनमा र ६१ जना क्वारेन्टिनमा छन् । पछिल्लो चौबीस घण्टामा सङ्क्रमितको मृत्युको पुष्टि भएको छैन् । हालसम्म तीन हजार ३१ जनाको कोरोना सङ्क्रमणले मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ५ : १५ बजे