मनसुन क्रमशः क्षीण हुँदै

प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको छ : सांसद नवराज सिलवाल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्थामा प्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सलवालले आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुने बित्तिकै उहाँले प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको जिकिर गर्नुभयो ।

“पाँच दलीय गठबन्धन अब वित्तीय गठबन्धन, लाभको गठबन्धन, फाइदाको गठबन्धनमा परिणत भएको छ, नेपाल प्रहरीलाई आवश्यक नै नपरेको हतियार खरिद गर्ने निर्णय गरेर यसलाई पुष्टि गरेको छ” सांसद सिलवालले भन्नुभयो, “‘बिचौलियाको भरमा हतियार खरिद गर्न रकम निकासा गराइँदै छ, यति बेला नेपाल प्रहरीलाई हतियार होइन, प्रविधियुक्त बनाउन जरुरी छ ।”

सांसद सिलवालले मुलुक आर्थिक अवस्था तहसनहस भएको अवस्थामा बजेट रकमान्तर गरेर नेपाल प्रहरीलाई ८४ करोड रुपैयाँ हतियार खरिद गर्न खोजेको प्रति आपत्ति जनाउनुभएको हो  ।

नेपाल प्रहरीलाई हतियार खरिद गर्ने निर्णयप्रति आपत्ति जनाउँदै उहाँले तत्काल सो निर्णय फिर्ता लिनुपर्ने माग समेत गर्नु भएको छ  । 

 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ११ : ५२ बजे