दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नासिर र निभालाई दोहोरो स्वर्ण

काठमाडौँ – नेपाल पौडी सङ्घले आयोजना गरेको १०औँ एनएसए कप खुल्ला तथा उमेर समूह पौडी प्रतियोगितामा नासिर याह्या हुसेन र निभा मास्केले दोहोरो स्वर्ण हात पार्न सफल भएका छन् । 

नासिरले २०० मिटर व्यक्तिगत मिड्ले र १०० मिटर फ्री स्टायलमा स्वर्ण जिते भने निभाले ५० मिटर ब्याकस्ट्रोक र १०० मिटर फ्रिस्टायलमा स्वर्ण हात पारेका हुन् । 

उमेर समूह पौडी प्रतियोगिताको महिला २०० मिटर व्यक्तिगत मिड्लेको खुलातर्फ डुवाना लामाले स्वर्ण पदक जित्न सफल भइन् । उनले उक्त दूरी २ मिनट ३७.१७ सेकेन्डका साथ स्वर्ण जितेकी हुन् ।

यस्तै सोही स्पर्धामा निभा मास्के २ मिनट ४०.२१ सेकेन्डका साथ दोस्रो भइन् भने सियरा सुभाङ्गी ३ मिनेट १.७४ सेकेन्ड समय खर्चंदै तेस्रो स्थानमा रहिन् । 

पुरुषतर्फ सोही स्पर्धामा नासिर हुसेनले स्वर्ण जिते । उनले सो दूरी २ मिनेट १८.५९ सेकेन्डमा पूरा गरे । सेरेन सिंह २ मिनेट २९.८९ सेकेन्डमा पूरा गर्दै दोस्रो र २ मिनेट ३४.४१ सेकेन्डका साथ विकास कुमाल तेस्रोे भए ।

महिला ५० मिटर ब्याकस्ट्रोकमा निभा मास्केले स्वर्ण जितिन् । उनले ३५.९० सेकेन्डमा दूरी पूरा गरेकी हुन् । यस्तै दोस्रो स्थानमा ३७.९६ सेकेन्डका साथ रोयल प्रजापति र ३८.११ सेकेन्डका साथ आर्या महर्जन तेस्रो भइन् । 

पुरुषतर्फ तेन्जिङ्ग नामदोल रायन गुरुङ ३१.६१ सेकेन्डका साथ स्वर्ण हात पारे । दोस्रो स्थानमा अनुभव सुब्बा रहे । उनले ३२.४२ सेकेन्डम दूरी पूरा गरे । यस्तै ३३.९८ सेकेन्डका साथ गौरभ लामा तेस्रो भए ।

महिला १०० मिटर फ्री स्टायलमा डुवाना लामालाई पछाडि पार्दै निभा मास्केले स्वर्ण हात पारिन् । निभाले उक्त दूरी १ मिनेट २.८७ सेकेन्डमा पूरा गरिन् । डुवानाको समय १ मिनेट ३.७८ सेकेन्डमा पूरा गरिन् । तेस्रो स्थानमा अनुसिया तण्डुकार रहिन् । उनले १ मिनेट ५.१७ सेकेन्डमा दूरी पूरा गरिन् । 

पुरुषतर्फ नासिर याह्या हुसेनले ५५.८१ सेकेन्डका साथ स्वर्ण हात पारे । दोस्रो स्थानमा रहेका अनुभव सुब्बाले ५८.३० सेकेन्डमा र तेस्रो स्थानमा रहेका सुविग्यमान तुलाधरले ५८.३७ सेकेन्डमा दूरी पूरा गरे ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, सचिव रामजीबहादुर श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभयो । 

रासस

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ८ : ३७ बजे