सुनको मूल्यमा नयाँ कीर्तिमान

एकैदिन थपिए १२१ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण पुष्टि भएको हो । 

१ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका स्वाथ्यमन्त्रालयले जनाएको छ । आइबार थपिएकासहित  नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ११ लाख २० हजार ९५६ पुगेको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  ३ : ५६ बजे