‘नेशनल डे कन्सर्ट’ सम्पन्न

उहिलेका केपीले देखेको सपना अहिलेका केपीबाट साकार 

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानीको औपचारिक उद्घाटन आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट भयो । पानीको अभावमा मुर्झाएर काकाकुल बनेका काठमाडौंबासीका सवै सपनालाई मेलम्चीको पानीले हराभरा बनाईदियो । सपनाहरु कुनै दिर्घकालिन हुन्छन त कुनै तात्कालिन । आजभन्दा ३० बर्ष अगाडि तत्कालीन सन्त नेता कृष्णप्रसाद (केपी) भटटराई ले सपना देख्नुभयो । मेलम्चीको पानी काठमाडौं झार्ने । उहाँको यो सपनालाई उडाउनेहरु  प्रसस्तै थिए । आज त्यो सपना वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको दृढ ईच्छा शक्ति र अठोटका कारण काठमाडौंका धारामा बगेको छ । 

हिजो सपना नदेखेको भए, आज पानी आउने थिएन । आजका प्रधानमन्त्री केपी ओलीले नेपाली जनताको सुख र समृद्धिका लागि थुप्रै सपनाहरु पस्किनुभएको छ । विरोधीहरु उहाँका सपनालाई उपहासको बिषय बनाउँछन् तर तिनीहरुले के बुझनु जरुरी छ भने, जसले महान सपना देख्दैन उ महान राजनेता बन्न सक्दैन । केपी ओलीले मुलुकलाई समृद्ध र मुलुकको ऐतिहासिक गरिमालाई उच्च बनाउन देख्नुभएका सपनाहरु मध्ये रानीपोखरी, दरबारहाईस्कुल र धरहराले नयाँ अवतार लिईसकेका छन् । उहाँले मुलुकलाई रेल, राजमार्ग, सुरुङ्गमार्ग, पानीजहाज विभिन्न विमानस्थल निमार्णको सपना देखाउनुमात्र भएन ती सपनाहरुलाई साकार पार्ने अभियान नै आरम्भ  गरिसक्नुभएको छ । 

आज काठमाडौं गद्गद् छ । खानेपानीको दीर्घकालिन समस्या आजदेखि नै काठमाडौंबाट विदा भएको छ । आजको दिन ऐतिहासिक दिनका रुपमा दर्ज हुने निश्चित छ । दृढ ईच्छा शक्ति भएको नेतृत्व मुलुकले पाउँदा देशमा विकासका लहरहरु कसरी लहराउछन भन्ने लक्षण समेत अहिले देखिरहेका छन् । हो, मेलम्चीको पानी आउन केहि ढिला अवस्य भएको हो, उक्त मन्त्रालयमा कामगर्ने कतिपय मन्त्रीहरुको विविध स्वार्थका कारण र मुलुकको अस्थिर राजनीतिक नेतृत्वका कारण नै यो छिटो सम्पन्न नभएको हुनुपर्दछ । काठमाडौंमा मेलम्चीको पानी वितरण गर्ने आजको समारोहको उद्घाटन् राष्ट्रपतिबाट हुनुले पनि यो कति गौरवमय र ऐतिहासिक कार्य हो भन्ने पुष्टि भएकै छ । 

यस उपलब्धीका लागि प्रधानमन्त्री, खानेपानी मन्त्रालय, र सम्बद्ध सवैपक्ष धन्यवाद र प्रशंसाका पात्र हुनुहुन्छ । मुलुकका आगामी गौरवमय योजनाहरु समेत यसैगरि दु्रतगतिमा सम्पन्न हुँदै जाउन र प्रधानमन्त्री केपी ओलीले देख्नुभएको ‘सुमृद्ध नेपाल र सुखी नेपाली’को सपना साकार हुने तर्फ मुलुक तिब्ररुपमा अघि बढोस ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ४ : ४७ बजे