दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

यमवुद्धको शालिक म मेरो तलबबाट बनाउँछु : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो तलबबाट र्‍यापर यम बुद्धको सालिक बनाउने बताउनु भएकाे छ ।  शनिबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले  आफ्नो तलबको रकमबाट यमवुद्धको शालिक बनाउने बताउनुभएकाे हाे । 

 ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईहरुको दिन शुभ रहोस्।’शाहले फेसबुकमा लेख्नुभएकाे छ । 

यसअघि मेयर शाहले १५ लाख रुपैंया बजेट विनियोजन गर्रेनुभएकाे थियाे । मेयर शाहले सालिक बनाउनकै लागि बजेट विनियोजन गरेको भन्दै चर्को आलोचना भएको थियो।

विरोधपछि महानगरको बजेटमार्फत् सालिक बनाउने निर्णयबाट पछि हटेका हुन्।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  ३ : ३४ बजे