दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

टिकाराम र निलिफालाई  फोनिज युके पत्रकारिता सम्मान

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके शाखाले स्थापना गरेको फोनिज युके पत्रकारिता सम्मान र पुरस्कार दुईजना फोनिजकर्मी पत्रकारले पाउनुभएको छ  ।  

फोनिज युके पत्रकारिता सम्मान २०२२ बाट पत्रकार टिकाराम प्रधान र फोनिज युके पत्रकारिता पुरस्कार २०२२ बाट पत्रकार निलिफा सुब्बा सम्मानित र पुरस्कृत हुनुभएको हो  ।  

काठमाडौंमा आयोजित पुरस्कार वितरण समारोहमा आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थाप मगरले दुवैजनालाई सम्मान र पुरस्कार प्रदान गर्नुभयो  ।  

सम्मान र पुरस्कारको राशी जनही २५ हजार रहेको छ । फोनिज युकेले सञ्चारक्षेत्रबाट आदिवासी जनजाति समुदायको विकासका लागि कलम चलाउदै आएका पत्रकारहरुलाई हरेक वर्ष सम्मानित र पुरस्कृत गर्दै आएको छ ।  

पुरस्कार वितरण समारोहमा बोल्दै आदिवासी आयोगका अध्यक्ष राम बहादुर थापा मगरले आदिवासी जनजातिहरुको हकहित र अधिकार सुनिश्चितताका लागि फोनिजकर्मीहरुको ठूलो भूमिका रहेको बताउनुभयो ।  

विभिन्न समयमा भएको आदिवासी जनजाति आन्दोलनको उपलब्धी रक्षाका लागि अझै पनि संघर्ष गर्न आवश्यक रहेको बताउनुभयो ।  

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले यस्ता पुरस्कारहरुले आदिवासी जनजातिको मुद्दामा कलम चलाउने पत्रकारहरुलाई प्रोत्साहन मिल्ने र आदिवासी जनजाति आन्दोलनलाई पनि सहयोग पुग्ने बताउनुभयो । 
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको आयोजनामा पुरस्कार वितरण समारोह सम्पन्न भएको हो ।  
 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १ : ५० बजे