दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

दाङमा वर्षाले भासियो हुलाकी सडक

दाङ । वर्षाका कारण दाङमा हुलाकी सडकमा क्षति पुगेको छ ।

हुलाकी राजमार्गको गढवा–राजपुर सडक खण्डअन्तर्गत राजपुर गाउँपालिका–२ मटेरियामा कल्भर्ट र सडकको केही भाग भासिएको छ ।  पानी निकास हुन नसक्दा सडक र कल्भर्टमा क्षति पुगेको स्थानीयले बताएका छन्  ।  सडकमा क्षति हुँदा आवागमन रोकिएको छ ।

हुलाकी सडकअन्तर्गत  बनिरहेको सडक तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् । अहिले  पूर्वमा कालाकाटेदेखि पश्चिममा राजपुरको गंगदी सम्मको करिब ४० किलोमिटर सडक कालोपत्रेको काम भइरहेको हो ।

 

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १२ : १२ बजे